काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको भाउ उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामै १ हजार १०० रुपैयाँले उकालो लागेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ९१ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार २०० रुपैयाँ कायम भएको छ।
हिजो बिहीबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँ बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९० हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
समग्रमा यो साताभरि सुनको भाउ तोलामा १ हजार ८०० रुपैयाँले उकालो लागेको छ।
आज चाँदीको भाउ तोलामै ३५ रुपैयाँ बढेर १ हजार ३५० रुपैयाँ पुगेको छ। हिजो बिहीबार भने तोलामा ५ रुपैयाँ घटेको चाँदी १ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो।
यो साताभरि भने चाँदीको भाउ तोलामा ५५ रुपैयाँ बढेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19