काठमाण्डौ । सुनको भाउ निरन्तर उकालो लाग्ने क्रमले यो साता कारोबारको पहिलो दिन आइतबार पनि निरन्तरता पाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँ बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ। यो बढोत्तरीसँगै आइतबार प्रतितोला फाइन गोल्ड ९९ हजार ६०० रुपैयाँ तेजाबी गोल्ड ९९ हजार १६० रुपैयाँ कायम भएको छ।
गत सातादेखि सुनको भाउ लगातार बढिरहेको छ। गत साताभरि सुनको भाउ तोलामै ३ हजार ५०० रुपैयाँ बढेको थियो।
गत साता कारोबारको अन्तिम शुक्रबार प्रतितोला फाइन गोल्ड ९९ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९८ हजार ८६५ रुपैयाँ कायम भएको थियो। यो दिन सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो।
आज चाँदीको भाउमा उछाल आएको छ। तोलामै ३० रुपैयाँ बढ्दै आज चाँदी प्रतितोला १ हजार २३० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार प्रतितोला चाँदीको भाउ १ हजार २०० रुपैयाँ कायम भएको थियो। यो दिन चाँदीको भाउ तोलामै २५ रुपैयाँ घटेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19