काठमाण्डौ । नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य बिहीबार सुन बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुनको मूल्य अघिल्लो दिनको तुलनामा २ हजार ८०० रुपैयाँ बढेको हो। यो दिन छापावाला सुन प्रतितोला १ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । 

बुधबार भने छापावाला सुन प्रतितोला १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुन तोलामा १ लाख १८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै यो दिन चाँदीको मूल्य ५५ रुपैयाँले बढेको छ । यो दिन चाँदी प्रतितोला १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी अन्तरराष्ट्रिय बजारमा भने सुनको भाउ घटेको  छ।

अन्तरराष्ट्रिय बजारमा सुनको कारोबार ०.०६ प्रतिशतले घटेर प्रतिऔंस २ हजार ३० डलरमा भइरहेको छ ।