काठमाण्डौ । लगातार बढिरहेको सुनको भाउ आज बुधबार ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले ओरालो लागेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ९२ हजार रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ५०० रुपैयाँ कायम भएको छ।
हिजो मंगलबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ। योसँगै आज प्रतितोला फाइन गोल्ड ९२ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
गत आइतबार तोलामा १०० रुपैयाँ बढेको सुनको भाउ सोमबार तोलामा २०० रुपैयाँ बढेको थियो।
आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३४५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँ घटेर चाँदी १ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19