काठमाण्डौ । साताको अन्तिम दिन शुक्रबार सुनको भाउ ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९३ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ८०० रुपैयाँमा झरेको छ।
हिजो बिहीबार सुनको भाउ तोलामा ४०० रुपैयाँ नै बढेको थियो। हिजो प्रतितोला फाइन गोल्ड ९३ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदी भाउ १० रुपैयाँले घटेर तोलाको १ हजार ३५० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँ नै घटेको चाँदी १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19