काठमाण्डौ । लगातार घटिरहेको सुनको भाउ कारोबारको पाँचौँ दिन बिहीबार एकैपटक तोलामा ४०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ४०० रुपैयाँले बढेर प्रतितोला छापावाल सुन ७० हजार ६०० रुपैयाँ र तेजाबी सुन ७० हजार ३०० रुपैयाँ कायम भएको छ ।
हिजो बुधबार नेपाली बजारमा सुन तोलामा एकैदिन ६०० रुपैयाँले घटेको थियो । बुधबार प्रतितोला छापावाल ७० हजार २०० रुपैयाँ र तेजाबी ६९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
कारोबारको तेस्रो दिन मंगलबार प्रतितोला छापावाल सुन ७० हजार ८०० र तेजाबी ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार सुन तोलामा २०० रुपैयाँले घटेको थियो ।
यस्तै कारोबारको दोस्रो दिन सोमबार तोलामा २०० रुपैयाँले घटेर प्रतितोला छापावाल सुन ७१ हजार रुपैयाँ र तेजाबी ७० हजार रुपैयाँमा कारोबार भएको थियो । पहिलो दिन आइतबार प्रतितोला छापावाल ७१ हजार २०० रुपैयाँ र तेजाबी ७० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला ५ रुपैयाँ बढेर ८५० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार चाँदी प्रतितोला ८४५ रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ बुधबार एकैपटक तोलामा २० रुपैयाँले घटेको थियो । मंगलबार चाँदीको भाउ तोलाको ८६५ रुपैयाँ थियो ।
कारोबारको पहिलो र दोस्रो दिन चाँदीको भाउ स्थिर रहँदै तोलाको ८७० रुपैयाँमा कारोबार भएको थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago