काठमाण्डौ । साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९८ हजार रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ५०० रुपैयाँ कायम भएको छ।
हिजो बिहीबार सुनको भाउ एकैदिन तोलामा २ हजार ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९९ हजार रुपैयाँ र तेजाबी गोल्ड ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको तोलामा २० रुपैयाँ घटेर १ हजार ३३५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ३५ रुपैयाँ बढेर चाँदी १ हजार ३५५ रुपैयाँमा किनबेच भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19