काठमाण्डौ । नेपाली बजारमा आइतबार सुनको भाउ ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा ४०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९० हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ८९ हजार ८०० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९० हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार २०० रुपैयाँ कायम भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ घटेर १ हजार १९५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार भने चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेर १ हजार २१५ रुपैयाँमा कारोबार भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19