काठमाण्डौ । साताको पहिलो दिन आइतबार सुनको भाउ उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ। योसँगै आज प्रतितोला फाइन गोल्ड ८७ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ८६ हजार ७५० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार सुनको भाउ तोलामा ५०० रुपैयाँले ओरालो लागेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ८६ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ८६ हजार २५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढेर १ हजार २८० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १५ रुपैयाँ घटेर चाँदी १ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19