काठमाण्डौ । नेपाली बजारमा बुधबार पनि सुनको ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले ओरालो लागेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९१ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ३०० रुपैयाँ कायम भएको छ। 

हिजो मंगलबार एकैदिन सुनको भाउ १ हजार ६०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९२ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ८०० रुपैयाँमा झरेको छ। 

आज चाँदीको भाउ तोलामा ३० रुपैयाँ घटेर १ हजार २२५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँ घटेर चाँदी १ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो।