काठमाण्डौ । नेपाली बजारमा बिहीबार सुनको भाउ ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९० हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार रुपैयाँमा झरेको छ।
हिजो बुधबार सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९१ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
लगातार ३ दिनदेखि चाँदीको भाउ भने स्थिर रहेको छ। आज पनि चाँदी तोलाको १ हजार २०० रुपैयाँ नै कायम भएको छ। हिजो बुधबार पनि चाँदी तोलाको १ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19