काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९३ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ९०० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइ गोल्ड ९२ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १ हजार २७० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १५ रुपैयाँ बढेर चाँदी १ हजार २६० रुपैयाँमा किनबेच भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19