काठमाण्डौ । साताको पहिलो कारोबार दिन नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य बढेको छ ।

यो मूल्य अघिल्लो कारोबार दिनभन्दा ६००रुपैयाँले बृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला १ लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यो दिन छापावाला सुनको भाउ प्रतितोला १ लाख १६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।  यसैगरी, तेजावी सुन भने प्रतितोला १ लाख १६ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ

यसैगरी, चाँदीको भाउ भने आज ३५ रुपैयाँले बढेको छ । यो दिन चाँदीको भाउ प्रतितोला १ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको छ ।  

त्यस्तै, यो दिन अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य २ हजार २ डलरमा कारोबार भइरहेको छ ।