काठमाण्डौ  । साताको चौथो कारोबार दिन बुधबार पनि पहेंलो धातु सनको भाउ घटेको छ ।

यो दिन तोलामा ७०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन छापावाला सुनको भाउ प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन सुनको कारोबार प्रतितोला १ लाख १९ हजार २००रुपैयाँमा भएको थियो । यसैगरी यो दिन तेजावी सुन तोलामा १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै,यो दिन चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तरराष्ट्रिय बजारमा यो दिन सुनको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ ०.१५ प्रतिशत बढेर प्रतिऔंस २ हजार २१ डलर ४ सेन्टमा कारोबार भइरहेको छ ।