काठमाण्डौ । नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य  यो दिन १ हजार रुपैयाँले बढेर १ लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार यो दिन तेजावी सुन भने तोलामा १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै यो दिन चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४६५ रुपैयाँमा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा भने यो दिन सुनको मूल्य घटेको छ ।

यो दिन अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस प्रतितोला २ हजार ४० डलरमा कारोबार भइरहेको छ ।