काठमाण्डौ । नेपाली बजारमा शुक्रबार पहेंलो धातु सुन र चाँदीको मूल्य भाउ बढेको छ।

यो दिन सुन अघिल्लो दिनको तुलनामा ८०० रुपैयाँले बढेको हो । यो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । 

अघिल्लो कारोबार दिन बिहीबार प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, यो दिन तेजावी सुन तोलामा १ लाख १९ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । यो दिन चाँदी तोलामा पाँच रुपैयाँ बढेको हो । प्रतितोला १ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको छ । 

शुक्रबार अन्तरराष्ट्रिय बजारमा भने सुनको मूल्य घटेको  छ। यो दिन सुनको मूल्य प्रतिऔंस २ हजार ४८ डलरमा कारोबार भइरहेको छ ।