काठमाण्डौ । नेपाली बजारमा पहेंलो धातुको सुनको भाउ बिहीबार स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन छापावाला सुनको भाउ तोलामा १ लाख १९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बुधबार पनि सोही मूल्यमा सुनको कारोबार भएको थियो ।
यसैगरी, यो दिन तेजावी सुन प्रतितोला १ लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी चाँदीको मूल्य पनि यो दिन स्थिर रहेको छ ।बिहीबार चाँदी प्रतितोला १ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी, यो दिन अन्तरराष्ट्रिय बजारमा भने सुनको भाउ प्रतिऔंस २ हजार ४२ डलरमा कारोबार भइरहेको छ। यो दिन अन्तरराष्ट्रिय बजारमा सुनको भाउ अघिल्लो दिनको तुलनामा २.२२ प्रतिशतले घटेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19