काठमाण्डौ । नेपाली बजारमा पहेंला धातु सुनको मूल्य बुधबार पनि घटेको छ ।

यो दिन तोलामा ३०० रुपैयाँले घटेको हो । मंगलबार प्रतितोला १ लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य यो दिन सुन प्रतितोला १ लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन तेजावी सुन भने तोलामा १ लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी यो दिन चाँदीको मूल्य  अघिल्लो दिनको तुलनामा १० रुपैयाँले घटेर १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । 

पछिल्लो समय सुनको भाउ लगातार घटिरहेको छ । विगत चार दिनदेखि सुनको भाउमा लगातार घटिरहेको छ । 

यसैगरी, यो दिन अन्तरराष्ट्रिय बजारमा पनि सुनको भाउ ३.६० प्रतिशतले घटेको छ । यो दिन प्रतिऔंस १ हजार ९७९ मा कारोबार भइरहेको छ ।

अन्तरराष्ट्रिय बजारमा केहिदिन अघि मात्र प्रतिऔंस सुनको भाउ प्रतिऔंस २ हजार लडरमाथि पुगेको थियो ।