काठमाण्डौ । नेपाली बजारमा पहेंलो धातु सनुको मूल्य सोमबार स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ । 

यसैगरी, तेजावी सुन तोलामा १ लाख १७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै यो दिन चाँदीको मूल्य पनि स्थिर छ ।  चाँदी प्रतितोला १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो दिन अन्तरराष्ट्रिय बजारमा भने सुनको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा ०.२७ प्रतिशतले मूल्य बृद्धि भई सुन प्रतिऔंस २ हजार २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।