काठमाण्डौ । यो साता सुनको भाउमा लगातार गिरावट आएको छ। कुल ६ कारोबार दिनमा ४ दिन सुनको भाउ घटेको छ। यो साता सुनको १ दिनमात्रै बढ्यो भने १ दिन स्थिर रहेको छ।
साताको अन्तिम कारोबारमा दिन शुक्रबारमा पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ८ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ८ हजार ३०० रुपैयाँ कायम भएको छ।
यो सातामात्रै सुनको भाउ तोलामा ३ हजार ३०० रुपैयाँले घटेको छ।
उता चाँदीको भाउ भने आज तोलामा २५ रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले घटेर १ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो।
यो साता चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेको छ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago