 
                     
                                
                             
                                    काठमाण्डौ । अघिल्लो साता निरन्तर उकालो लागेको सुनको भाउ यो साता चाहि ओरालो लाग्ने क्रम बढेको छ । सोमबार प्रति तोलामा १ सय रुपियाँ घटेको सुनको भाउ मंगलबार तोलमा ८ सय रुपियाँ सस्तो भएको छ । 
 
सोमबार ५५ हजार ४ सयमा कारोबार भएको सुनको भाउ मंगलबार ५४ हजार ६ सयमा ओर्लिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ यो साताको पहिलो दिन आइतबार स्थिर थियो भने सोमबारदेखि घट्ने क्रम सुरु भएको हो । 
 
यसैगरी, चाँदी पनि मंगलबार तोलमा १० रुपियाँले सस्तो भएको छ । सोमबार प्रति तोला ७ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार ७ सय ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
 
                            
                            
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19