काठमाण्डौ । सेयर बजार आज कारोबारको पहिलो आवरमा घटेको थियो। तर, कारोबारको अन्तिम समयमा भने बजार करिब ८ अंकले बढेर बन्द भएको छ।
भोलुमको हिसाबले आजको बजारलाई हेर्ने हो भने अघिल्लो दिनको भन्दा कम छ। तर, एभरेज भोलुमभन्दा बढी अर्थात् १ अर्ब रुपैयाँ बढी नै आएको देखिन्छ।
बजारलाई प्राविधिक रुपमा हेर्दा बोलिंगर ब्यान्डको मध्य ब्यान्डभन्दा माथि टिकेर कारोबार भएको देखिन्छ। यदि आगामी कारोबारमा बोलिंगरको अप्पर ब्यान्डसँगै बजार हिँड्छ अर्थात् बजार १९१५ भन्दा माथि–माथि टिकेर कारोबार हुन्छ भने बजारले माथिको यात्रा तय गरेको बुझ्न सकिन्छ।
आजको दिनभरको कारोबारमा करिब १८६६ सम्म आएर बजार माथि फर्केको देखिन्छ। जहाँ कि मध्य ब्यान्ड १८६० मा रहेको छ।
डेली बेसमा नै बजारलाई म्याक्डीमार्फत हेर्दा बजार १८ मेमा बुलिस क्रसओभर बनेको हालसम्म पनि भ्यालिड नै रहेको छ। हिस्टोग्राम सकारात्मक बन्दै गएको देखिन्छ।
आरएसआईमार्फत हेर्दा न्युट्रल जोन अर्थात ५५ को तहमा पुगेको देखिन्छ। यस्तो विन्दु यदि ६० भन्दा माथि पुगेमा बजारले माथिको यात्रा तय गर्दै गरेको बुझिन्छ।
आजको बजारलाई डेली बेसमा सुपर ट्रेन्डमार्फत हेर्दा अप ट्रेन्ड चल्दै गरेको देखिन्छ। आज मूल्यरेखाले सुपर ट्रेन्डलाई तलबाट काटेर माथि गएको छ भने सुपर ट्रेन्डको रङ पनि हरियोबाट रातो भएको छ। तर, यसको कन्फर्मेसनका लागि पनि आगामी करोबारमा बजार १९१५ भन्दा माथि नै टिकेर भोलुमसहित कारोबार हुनुपर्नेछ।
अबको नजिकको प्रतिरोध बजारले १९०४ र १९३१ मा सामना गर्नेछ भने घटेमा बजारले १८६० मा सपोर्ट लिने छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफरिस भने होइन।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19