काठमाण्डौ । सेयर बजार आज बिहान पहिलो प्रहरमा बढेर कारोबार भएको थियो। तर, अन्तिममा आज बजार करिब २८ अंकले घटेर बन्द भएको छ।
प्राविधिक रुपमा आजको बजारलाई हेर्दा बियरिस क्यान्डल बनेको छ। डेली बेसमा सुपर ट्रेन्डमार्फत आजको बजारलाई हेर्दा बियरिस ट्रेन्ड देखिएको छ।
मूल्यरेखाहरुले सुपर ट्रेन्डलाई माथिबाट काटेर तल झरेको छ। योसँगै सुपर ट्रेन्डको रङ पनि हरियोबाट रातो बनेको छ (हेर्नुहोस् कालो एरो)। यसले घट्दो बजारलाई संकेत गर्छ।
डेली बेसमै इचिमोकुमार्फत बजारलाई हेर्दा आज मूल्य रेखा बेस लाइन र कन्भर्जन लाइनबाट तल झरेका छन्। यसले पनि बजारमा बिक्री दबाब परेको देखिन्छ।
आज बनेको बियरिस प्रकृतिको क्यान्डलले अघिल्लो दिन बनेको इन्भर्टेड बुलिस ह्याम्मर क्यान्डललाई इन्भ्यालिड बनाएको छ।
बोलिंगर ब्यान्डमार्फत हेर्दा आज क्यान्डल मध्य ब्यान्डबाट तल झरेको देखिन्छ। अर्थात् तल्लो ब्यान्डतर्फ आकर्षित भएको देखिन्छ। तल्लो ब्यान्ड करिब २०२२ को विन्दुमा देखिन्छ।
म्याक्डीमार्फत हेर्दा केही समयपहिले बनेको बियरिस क्रसओभर भ्यालिड नै रहेको छ। हिस्टोग्राम नेगेटिभ र लामा–लामा हुँदै गएका छन्। आरएसआई हाल ४५ को तहमा रहेको छ। आरएसआई अघिल्लोपटकको लो करिब ४३ को विन्दुमा रहेको छ।
पिभटमार्फत हेर्दा आज बजार पहिलो सपोर्ट २०८५ को विन्दुबाट तल खसेर २०७७ मा बन्द भएको छ। अबको नजिकको दोस्रो सपोर्ट भनेको २०४५ को विन्दुमा रहेको छ। तेस्रो सपोर्ट २००० मा हुन सक्ने देखिन्छ।
बढेमा बजारले २१२०, २१६४ र २२०५ मा क्रमशः प्रतिरोधको सामना गर्न सक्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19