काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले पुस २३ गते कर्णाली प्रदेशको प्रादेशिक कार्यालय सुर्खेतमा स्थापना गरेको छ ।
सो कार्यालयको आरम्भ समारोहमा कर्णाली प्रदेशका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कर्णाली प्रदेशअन्तर्गत बैंकका ७ वटा शाखाहरु(डोल्पा, जाजरकोट, जुम्ला, हुम्लाको नाम्खा, सर्केगार्ड र सिमिकोट तथा सुर्खेत रहने छन् ।
प्रादेशिक कार्यालयले व्यापार बिस्तारका साथै ती शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम् गुनासो सुनुवाई जस्ता कार्यहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने विश्वास बैंकले लिएको छ ।
कर्णाली प्रदेशमा रहेका १० जिल्लामध्ये ५ वटा जिल्लामा बैंकको पहुँच रहेको छ ।
यस प्रदेशमा बैंकले करिब ३०,००० लाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
नियमनकारी निकायको निर्देशनअगावै यस बैंकले नेपालको दुर्गम क्षेत्रमा शाखाहरू विस्तार गरिसकेको थियो ।
कर्णाली प्रदेशको हुम्लाको सिमिकोटमा २०६८ सालमा र डोल्पामा २०७१ सालमा शाखा खोलिसकेको थियो ।
मानसरोवर जाने पर्यटकहरुको सहजताको निम्ति यसै वर्ष बैंकले हुम्लामा ए.टि.एम समेत संचालनमा ल्याइएको छ ।
बैंकले यसअघि प्रादेशिक कार्यालयहरु: प्रदेश नं १ को बिराटनगरमा, प्रदेश नं २ को बीरगञ्जको आदर्शनगरमा, प्रदेश नं ४ को पोखराको सिमलचौरमा र प्रदेश नं ५ को नेपालगञ्जमा स्थापना गरिसकेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago