 
                     
                                
                             
                                    – रेखा चन्द
काठमाण्डौ । केही समयअघि दोब्बरदेखि १० गुणासम्म प्रतिफल दिने गरी निक्षेप योजना (स्किम) ल्याउनका लागि बैंकहरुबीच एक किसिमको तछाडमछाड नै चलेको थियो। त्योबेला ठूूला भनिएका बैंकहरु पनि पछि परेनन्।
सर्वसाधारणसँग भएको निक्षेप आफ्नो संस्थामा भित्र्याउन वाणिज्य बैंकदेखि फाइनान्स कम्पनीसम्मले आफ्ना ग्राहकलाई दोब्बरदेखि १० गुणासम्म प्रतिफल दिने गरी नयाँ–नयाँ योजना ल्याउन प्रतिस्पर्धा चलेको थियो।
गत वर्षदेखि नै बैंकिङ प्रणालीमा तरलताको अभाव भएपछि बैंक तथा वित्तीय संस्थाहरुले स्रोत तान्न उक्त विकल्प अपनाएका थिए। बैंक तथा वित्तीय संस्थाले बीमा सुुुविधासहित दुईगुणा, तीनगुणा, चारगुणाहुँदै १० गुणासम्म प्रतिफल दिने योजनालाई प्राथमिकतामा राखेका थिए। तर, पछिल्लो समय त्यस्ता योजनाहरु सुुस्ताएको पाइएको छ।
बिजशालाकर्मीले विभिन्न बैंकहरुका शाखा कार्यालयमा गएर सोबारे बुुझ्दा त्यस्ता योजना सुुस्ताएको पाएको हो।
यसका साथै पछिल्लो सयम बैंकहरुले त्यस्ता निक्षेप योजनालाई प्राथमिकता दिन छाडेका छन्। बैंकिङ प्रणालीमा निक्षेप बढ्दै जानुु तथा त्यस्ता योजनाका बारेमा सबै ठाउँमा पर्याप्त शिक्षा पुर्याउन नसक्दा सर्वसाधारणको आकर्षण कम भएपछि बैंकहरुले प्राथमिकतामा नराखेको बुभिएको छ।
हाल केही बैंकले त्यस्ता प्रकृतिका मुद्दति निक्षेप योजना बन्दसमेत गरिसकेका छन्। एनएमबी, एनआईसी एशियालगायत बैंकले त्यस्ता योजना केही समयमात्रै सञ्चालन गरी हाल बन्दसमेत गरिसकेका हुुन्। यद्यपि सञ्चालनको समयमा खाता खोलेका ग्राहकले भने खाता योजनामा उल्लेख सेवासुुविधा पाउने सम्बन्धित बैंकका कर्मचारीको भनाइ छ।
त्यसैगरी केही बैंकले योजना सञ्चालनमा हुँदा पनि सर्वसाधारणको आकर्षण त्यति नभएको बताएका छन्। ‘हामीले १० गुुणासम्म रिटर्न दिने मुद्दति खाता बन्द गरेका छैनौँ, बैंकले ल्याएको योजना राम्रो भए पनि चासो राखेर खोल्न आउनको संख्या त्यति ठूूलो छैन’, सिद्धार्थ बैंकका एक कर्मचारीले भने, ‘खाताका बारेमा बुुझ्न आउनेको सख्या पनि एकदमै न्यून छ, जसलाई मन पर्छ उहाँहरुले भने खोल्नुभएको छ।’
कुुमारी बैंकका एक कर्मचारीले भने बैंकले ल्याएको बीमा नभएको तथा बीमा भएको दोब्बर मुुद्दति खाता खोल्नेको संख्या उल्लेख्य भएको बताए। ‘हामीले बीचमा यो खाता बन्द गरेका थियौँ तर १ हप्ता नबित्दै खाता सञ्चालनमा आउनुुपर्छ भन्ने माग आएपछि फेरि सञ्चालनमा ल्याएको हौँ’, उनले भने।
एनसीसी बैंक र ग्लोबल आईएमई बैंकका कर्मचारी पनि केही व्यक्तिहरु खाताका बारेमा बुझ्न आइरहेको र खाताहरु खुुलिरहेको बताउँछन्।
उता राष्ट्र बैंकले यसअघि नै बैंकहरुका यस्ता योजनालाई अवस्था हेरी हस्तक्षेप गर्ने जनाइसकेको थियो। राष्ट्र बैंकबाट यस्तो सन्देश पाएपछि बैंक तथा वित्तीय संस्थाले निक्षेप तान्ने होडबाजीलाई केही कम गरेको बताइन्छ।
केही समयअघि राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले बैंकले ग्राहकबाट उठाएको निक्षेपलाई फिर्ता गर्न सक्ने वा नसक्ने अवस्था हेरेर राष्ट्र बैंकले हस्तक्षेप गर्नसक्ने बताएका थिए। यद्यपि यो विषयलाई राष्ट्र बैंकले अहिले पनि नियालिरहेको छ।
सोही कारणले पनि बैंकहरुले दोब्बर योजनालाई प्राथमिकता नदिएको पाइएको छ। हाल डब्बलदेखि १० गुुणाम्मका मुुद्दति खाता योजना ल्याएका सबैजसो बैंकहरु पछि हटिसकेका छन्।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19