Symbolic Image
काठमाण्डौ । वैज्ञानिकहरुका अनुुसार पृथ्वीको सबैभन्दा ठूलो उर्जाको स्रोतका रुपमा रहेको सुर्यको चमक हराइरहेको छ ।
वैज्ञानिकहरुले सूर्यको प्रकाशमा कमी आएको बताएका छन् । सूर्य, आकाशगंगामा रहेको सूर्य जस्तै अन्य ताराहरुको तुुलनामा कमजोर भएको छ । कमजोर पनि सामान्य मात्रै होइन कि अति नै कमजोर भएको छ ।
अब वैज्ञानिकहरु के कारणले यस्तो भइरहेको छ भनेर खोजमा जुटेका छन्।
सूर्य पृथ्वीको उर्जाको एक्लो स्रोत हो । तर विगत ९ हजार वर्षदेखि सूर्य लगातार कमजोर भइरहेको छ । जर्मनीको म्याक्स प्ल्यांक इन्स्टीटीयुुटका अन्तरिक्ष वैज्ञानिकहरुका अनुुसार यसको चमकमा निरन्तर कमी आइरहेको छ । यो इन्स्टीच्यूटका वैज्ञानिकहरुले अमेरीकी अन्तरीक्ष एजेन्सी नासाको केपलर स्पेस टेलिस्कोपबाट प्राप्त आँकडाहरुको अध्ययन गरेपछि यस्तो खुुलासा गरेको हो ।
वैज्ञानिहरुका अनुुसार हाम्रो आकाशगंगा रहेका सूर्य जस्तै अन्य ताराहरुको तुुलनामा पृथ्वीको सूर्यको चमक र उर्जा कम हुँदै गइरहेको छ । वैज्ञानिकहरुले यो कुुनै तुुफान आउनुुभन्दा अगाडिको शान्ती त होइन भनेर आशंका गरेका छन् ।
सूर्य र सूर्य जस्ता अन्य ताराहरुको अध्ययन उनीहरुको उमेर, चमक र रोटेसनको आधारमा गरिएको छ । अध्ययनमा पछिल्लो ९ हजार वर्ष यता सूर्यको प्रकाशमा पाँच गुुणा कमी आएको जनाइएको छ ।
म्याक्स प्ल्यांक इन्स्टीच्यूटका वैज्ञानिक एलेक्जेन्डर शापिरो आकाशगंगामा सूर्यभन्दा पनि सक्रिय तारा देखिएको घटनाले आफूहरुलाई चकित बनाएको बताएका छन् । उनले आफूहरुले सूर्य जस्ता करीब २५०० ताराहरुको अध्ययन गरेर यस्तो निष्कर्ष निकालेको बताए ।
सूर्यमाथि प्रतिवेदन तयार गर्ने अर्का वैज्ञानिक टिमो रीनहोल्डले सूर्य केहि वर्षदेखि शान्त रहेको बताए । उनले यो गणना वैज्ञानिकहरुले सूर्यको सतहमा बन्ने सोलार स्पटका माध्यमबाट गर्ने गरेको बताए र उनका अनुुसार पछिल्लो केही वर्षदेखि सोलार स्पटको संख्यामा कमी आइरहेको छ ।
द सनबाट भावानुवाद
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago