काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ।
कम्पनी सञ्चालक समितिको शनिबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब २६ करोड २८ लाख ९४ हजार ५२२ रुपैयाँ कुल १३.३६८४ प्रतिशतले हुन आउने ३० करोड २५ लाख १३ हजार २६३ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा १२.७० प्रतिशतले हुन आउने २८ करोड ७३ लाख ८७ हजार ६०० रुपैयाँबराबरको बोनस सेयर र ०.६६८४ प्रतिशतले हुन आउने १ करोड ५१ लाख २५ हजार ६६३ रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।
प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago