काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १३ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।
कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस १९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा विराटनगरस्थित होटेल हैरिसन प्यालेसमा हुनेछ।
सभाले आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित कुल १३.३६८४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १२.७ प्रतिशतले हुन आउने बोनस सेयर र ०.६६८४ प्रतिशतले हुन आउने नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले आउँदो पुस ९ गतेदेखि पुस १६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस ८ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19