NIC Asia Bank Limited
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेडले सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।
सम्झौताअनुसार अब एनआइसी बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका बैंकका २३२ वटै शाखाहरुबाट सहज रुपमा सुर्या लाईफ इन्स्योरेन्स कम्पनीको जीवनबिमा पोलिसीहरु खरीद गर्नसक्ने बैंकले प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख छ ।
सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु.प्रमुखकार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुखकार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरे ।
हाल यो बैंकको मुलुकभर २३२ शाखा कार्यालय, २२० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १५ वटा शाखारहित बैंकिङ्ग ईकाईको सबैभन्दा ठूलो सञ्जाल रहेको छ ।
बैंकको वासलातको आकार रू. १७५ अर्ब भन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब रू. १५० अर्ब पुगी निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. ११९ अर्बसहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । बैंकमा ग्राहको संख्या ११ लाख ७५ हजार रहेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19