काठमाण्डौ । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
समीक्षा अवधिमा संस्थाले ३ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा १५९.०५ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले १ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
यो अवधिमा संस्थाको सञ्चालक मुनाफा २२१.८ प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा ४७ लाख ३७ हजार रुपैयाँमा सीमित यस्तो मुनाफा समीक्षा अवधिमा बढेर १ करोड ५२ लाख रुपैयाँ भएको छ।
संस्थाको खुद ब्याज आम्दानी २८.९७ प्रतिशतले बढेर ७ करोड ४६ लाख रुपैयाँ भएको छ। गत वर्ष यस्तो आम्दानी ५ करोड ७८ लाख रुपैयाँ रहेको थियो।
प्रथम त्रैमासमा संस्थाले ३ अर्ब ४ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ४८ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले १ अर्ब ७७ करोड रुपैयाँ सापटी लिई २ अर्ब ७८ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।
चुक्तापुँजी २४ करोड ८० लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार बढेर ६७.१२ प्रतिशतले बढेर २१ करोड ४१ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष रिजर्भमा १२ करोड ८१ लाख रुपैयाँ रहेको थियो।
संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ४९.४१ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) ३४.६७ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १८६.३२ रुपैयाँ रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19