काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ।

संस्थाको मंगलबार (फागुन १६ गते) बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ७९ करोड १९ लाख ८४ हजार ७९० रुपैयाँको १५ प्रतिशतले हुन आउने ११ करोड ८७ लाख ९७ हजार ७१८.५ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो। 

प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ। 

साबिक वोमी लघुवित्त र सूर्योदय लघुवित्त आपसमा मर्ज भई २०७८ चैत १९ गतेदेखि एकीकृत कारोबार सुरु गरेको थियो। एकीकृत कारोबार भएको मितिबाट २ वर्षसम्म लाभांश कर छुट हुने व्यवस्था भएकोले बोनस सेयर कर प्रयोजनार्थ छुट्टै रकम नछुट्याइएको संस्थाले जनाएको छ। 

यसका साथै एकीकृत कारोबार सुरु भएको मितिभन्दा पछि सेयर खरिद गर्ने सेयरधनीहरुले भने लाभांश करबापत नियमानुसार रकम भुक्तानी गर्नुपर्ने संस्थाले जनाएको छ।