काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
२०७९ मंसिर १४ गते बेलुका ५ बजे बसेकोे बैंक सञ्चालक समितिको ३७२औं बैठकले चुक्तापूँजीको ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकको २०७९ आषाढ मसान्तमा कायम चुक्तापुँजी रु. ९,५५,३९,०९,१९८.८९ (अक्षरेपी नौ अर्व पचपन्न करोड उनन्चालिस लाख नौ हजार एक सय अन्ठानब्बे रुपैयाँ उनान्नब्बे पैसा मात्र) मा ४.७५ प्रतिशतले हुनआउने रकम ४५ करोड ३८ लाख १० हजार ६ सय ८६ रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने र कर प्रयोजनका लागि चुक्तापुँजीको ०.२५ प्रतिशतले हुनआउने रकम रु.२ करोड ३८ लाख ८४ हजार ७७३ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी १२ औं वार्षिक साधारणसभाबाट पारित भएपश्चात वितरण गरिने बैंकले जनाएको छ ।
हाल सेञ्चुरी बैंक प्रभू बैंकबाट प्राप्ति हुने प्रक्रिया जारी रहेको छ । प्राप्तिपछिको एकीकृत कारोबार पुसभित्र सुरु गरिसक्ने यी दुई बैंकको लक्ष्य छ ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19