काठमाण्डौ । लाभांश पारित र मर्जर प्रक्रिया थालनीको मुख्य अजेन्डासहित सेन्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो नवौँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ।
बैंक सञ्चालक समितिको गत मंगलबार बसेको बैठकले सभा यही चैत १४ गते शुक्रबार काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा गर्ने निर्णय गरेको हो। सभामा गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको लाभांश अनुमोदन हुनेछ।
बैंक गत आर्थिक वर्षका लागि चुक्तापुँजी ८ अर्ब ४१ करोड ५४ लाख ७१ हजार ५७६.३० रुपैयाँको १६ करोड ८३ लाख ९ हजार ४२३.७० रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो। यसैगरी चुक्तापुँजीको ४.७५ प्रतिशतले हुन आउने ३९ करोड ९७ लाख ३४ हजार ८९९.८७ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) वितरणको प्रस्ताव गरेको छ।
बोनस सेयर वितरणपछि बैंकको जारी पुँजी र चुक्ता पुँजी वृद्धि हुन जाने भएकोले सोहीबमोजिम प्रबन्धपत्रका सम्बन्धित दफाहरु संशोधन गर्ने विशेष प्रस्ताव पनि सभामा पारित हुनेछ।
सभामा विशेष प्रस्तावका रुपमा राखिने अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसग आपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्ने हुने तथा स्वदेशी विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमति र सम्झौतालगायतका आवश्यक सम्पूर्ण काम गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव अनुमोदन हुनेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19