काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिसम्म ३ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा २०.३४ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म कम्पनीले ४ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

यो अवधिसम्म कम्पनीको सञ्चालन मुनाफा पनि १९.४२ प्रतिशतले घटेर ४ करोड ९६ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीको सञ्चालन मुनाफा ६ करोड १५ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी भने २३.१२ प्रतिशतले बढेर ११ करोड १४ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी ९ करोड ५ लाख रुपैयाँ रहेको थियो।

चालु आर्थिक वर्षको ६ महिनासम्म कम्पनीले ५ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ८३ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ५ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब १३ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

चुक्तापुँजी ८८ करोड १० लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार ८.८७ प्रतिशतले बढेर २३ करोड ५ लाख रुपैयाँमा उचाइमा पुगेको छ। गत वर्ष रिजर्भमा २१ करोड १८ लाख रुपैयाँ भएको थियो। 

कम्पनीले खराब कर्जा (एनपीएल)मा सामान्य व्यापक सुधार गर्दै १.६१ प्रतिशतमा झार्न सफल भएको छ। गत वर्ष यही अवधिमा एनपीएल ३.२२ प्रतिशत थियो। 

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १०.६८ रुपैयाँबाट घटेर ७.९५ रुपैयाँमा झरेको छ। पीई रेसियो ६६.२० गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १४०.७५ रुपैयाँ रहेको थियो।