काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमीटेडले आगामी पुस २३ देखि १० बराबर ५ को अनुपातमा हकप्रद सेयरको निश्कासन गर्ने भएको छ । 

इच्छुक सेयरधनीले माघ २८ गतेभित्रमा तोकिएका स्थानमा गई हकप्रद खरीदका लागि आवेदन दिनुपर्नेछ । 

हकप्रद प्रयोजनका लागि यो कम्पनीले पुस ४ गतेलाई बुक क्लोजको मिति तोकेको थियो । यसको अर्र्थ पुस ३ गतेसम्म यो कम्पनीको सेयर खरीद गरेकाहरुले हकप्रद भर्न पाउनेछन् । 

सेन्ट्रल फाइनान्सले १०० रुपैयाँ अंकित दरका कुल २६ लाख ३ हजार ३ सय १४.०७५ कित्ता हकप्रद बिक्री गर्न लागेको हो । 

हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल लिमीटेड रहेको छ । 

इच्छुक सेयरधनीले एनआइबिएल क्यापिटल लिमीटेडको काठमाण्डौ लाजिम्पाटस्थित मुख्य कार्यालय, सेन्ट्रल फाइनान्स र नेपाल इन्भेष्टमेन्ट बैंकका तोकिएको शाखा कार्यालयबाट हकप्रदका लागि आवेदन दिन सक्नेछन् । 

यो फाइनान्सको चुक्तापूँजी ५२ करोड ८६ लाख रुपैयाँ रहेको छ । हकप्रदपछि चुक्तापुँजी बढेर ७८ करोड ९ लाखको उचाईमा पुुग्नेछ । 

यो कम्पनीको दोश्रो बजारमा अन्तिम बिक्री मूल्य प्रतिकित्ता १४५ रुपैयाँ रहेको छ ।