काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्म खुद नाफा ८ करोड ५६ लाख रुपैयाँ आर्जन गरेको छ। 

आइतबार सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाको खुद नाफा अघिल्लो वर्षको तुलनामा १.५८ प्रतिशतले घटेको हो। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाको खुद नाफा ८ करोड ६९ लाख रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिसम्म संस्थाको सञ्चालन मुनाफा घटेर ११ करोड ८७ लाख रुपैयाँमा सीमित बनेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्म १२ करोड ४८ लाख रुपैयाँ रहेको थियो।

संस्थाको खुद ब्याज आम्दानी भने बढेर २० करोड ७२ लाख रुपैयाँ भएको छ। जुन अघिल्लो वर्ष यही अवधिसम्म १८ करोड २८ लाख रुपैयाँ रहेको थियो।

संस्थाले समीक्षा अवधिमा ४ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ४६ करोडरुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा संस्थाले ३ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

यो त्रैमाससम्म संस्थाको रिजर्भको आकार ३२.६९ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष १४ करोड ५५ लाख रुपैयाँको रिजर्भको आकार समीक्षा अवधिमा बढेर १९ करोड ३१ लाख रुपैयाँको उचाइमा पुगेको छ।

संस्थाले निष्क्रिय कर्जा (एनपीएल) अनुपात बढेर समीक्षा अवधिमा २.०२ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यो अनुपात १.११ प्रतिशत रहेको थियो। 

संस्थाको आधार दर भनेर घटेर समीक्षा अवधिमा ११.०२ प्रतिशतमा झरेको छ। जुन अघिल्लो वर्ष १३.२६ प्रतिशत रहेको थियो। 

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १०.४० रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) ११.५४ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्ट १३०.२५ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ६८४.५८ रुपैयाँ रहेको छ।