nic asia bank limited
काठमाण्डौ । सेयर बजार सुस्ताइरहेको बेला कर्जा लिएर लगानी गर्न चाहनेहरुलाई उत्साहित पार्ने गरी एनआइसी एशिया बैंक लिमीटेडले सेयर धितो कर्जामा आक्रामक लगानीको रणनीति सार्वजनिक गरेको छ ।
एनआइसी एशिया बैंकले सेयर धितो कर्जासहित घर कर्जा र साना व्यवसाय कर्जामा समेत आक्रामक लगानी गर्ने रणनीतिसहित नयाँ प्रडक्ट योजना र स्किम सार्वजनिक गरेको हो।
बैंकले अठोट घर कर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट शेयर धितो कर्जा गरी तीन कर्जा योजना सार्वजनिक गरेको छ ।
बैंकले न्यूनतम रू. २५ लाखदेखि अधिकतम रू. १२ करोडसम्मको अठोट घर कर्जा योजना ल्याएको छ । २५ वर्षसम्मको कर्जा अवधि रहेको यस अठोट घर कर्जा ग्राहकहरुले आकर्षक तथा न्यूनतम ब्याजदरमा उपभोग गर्नसक्ने बैंकले जनाएको छ । यस योजनाअन्तर्गत निजी आवासीय घर खरिद गर्न, निजी आवासीय अपार्टमेन्ट खरिद गर्न, निजी आवासीय घर निर्माण गर्न, निजी आवासीय घर मर्मत तथा तला थप्न र निजी आवासीय घर निर्माण गर्न जग्गा खरिद गर्न यो कर्जा सुविधा उपयोग गर्न सकिने बैंकले जनाएको छ ।
साथै, अन्य बैंक तथा वित्तीय संस्थामा रहेको व्यक्तिगत आवासीय घरकर्जा यस बैंकको अठोट घर कर्जामा स्वापः गर्न सकिने व्यवस्था समेत बैंकले गरेको छ ।
बैंकले ग्राहकहरुको व्यवसाय सञ्चालन तथा विस्तार गर्नका लागि ल्याएको अठोट साना व्यवसाय कर्जामा न्यूनतम रू. २५ लाखदेखि अधिकतम रू. ५ करोडसम्म कर्जा उपलब्ध हुनेछ । अधिकतम १५ वर्ष कर्जा अवधि कायम गरिएको यस कर्जामा आकर्षक तथा न्यूनतम ब्याजदर कायम गरिएको छ । साना तथा मझौला व्यवसाय तथा कृषि व्यवसायहरुलाई लक्षित गरी ल्याएको यस कर्जा अन्तर्गत लगानीकर्ताहरुले सञ्चालित वा नयाँ व्यवसायहरुको अल्पकालीन वा दीर्घकालीन लगानी आवश्यकताका लागि यो कर्जा उपभोग गर्न सक्नेछन् ।
त्यसैगरी, बैंकले ल्याएको न्यूनतम रू. ५० लाखदेखि अधिकतम रू. १२ करोडसम्मको अठोट शेयर धितो कर्जाको हकमा समेत आकर्षक तथा न्यूनतम ब्याजदर लाग्नेछ भने यस कर्जामा १ वर्षको भुक्तानी अवधि (वार्षिक रुपमा नवीकरण गर्न सकिने) रहेको बैंकले जनाएको छ ।
एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ५६७ एटिएम, ११० वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago