काठमाण्डौ । नेपाल राष्ट्रबैंकले मार्जिन प्रकृतिको कर्जाको सीमा सम्बन्धी विद्यमान व्यवस्थालाई निरन्तरता दिएको छ । 

मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो घोषणा गरेका हुन् । 

उनले यो सीमा ७० प्रतिशत नै कायम गरिएको जानकारी दिए । 

यस्तै, मार्जिन प्रकृतिको कर्जा साना लगानीकर्तालाई पाउन् भन्ने उद्देश्यले ठूला लोन लिनेहरुलाई भने केही टाइट व्यवस्था गरिएको छ । 

गभर्नर अधिकारीका अनुसार एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट बढीमा ४ करोड र समग्र वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँ बराबरको मार्जिन प्रकृतिको कर्जा लिन पाउने व्यवस्था गरिएको छ । 

यो अधिकतम सीमाभन्दा बढी सेयर धितो कर्जा उपभोग गरिरहेकाहरुलाई समयसीमा दिएर तोकिएको सीमाभित्र ल्याइने जानकारी दिए ।