काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंकलाई खरीद गर्ने भएको छ । 

बैंक खरीद सम्बन्धी सम्झौतामा दुवै बैंकका अध्यक्षहरुले शुक्रबार हस्ताक्षर गरेका हुन् । 

इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे र एस डेभलपमेन्ट बैंकका अध्यक्ष योगेन्द्र शाक्यले एक्वीजिसनको सम्झौतामा औपचारिक हस्ताक्षर गरेका छन् । 

लामो समयको हल्लाबीच इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंकलाई खरीद गर्ने औपचारिक सम्झौता भएको हो । सम्झौतासँगै दुवै बैंकबीचको सेयर स्वाप रेसियो १ बराबर ०.४१ कायम गरिएको छ । यसको अर्थ अब एस डेभलपमेन्ट बैंकका सेयरधनीले १ सय कित्ता सेयरको बदला इन्भेष्टमेन्ट बैंकको ४१ कित्ता सेयर पाउनेछन् । 

इन्भेष्टमेन्ट बैंकले आर्थिक वर्ष २०७२ ७३ मा खूद नाफा मात्रै २ अर्ब ५४ करोड रुपैयाँ गरेको छ । बैंकको चुक्तापूँजी ७ अर्ब २५ करोड रुपैयाँ रहेको छ । एस डेभलपमेन्ट बैंकको चुक्तापूँजी १ अर्ब बढी छ ।