काठमाण्डौ । नेपाल राष्ट्रबैंकले सर्कुलरमार्फत सेयर धितो कर्जाका लागि तोकेको सीमा यथावत राखी सोभन्दा बढीको कर्जालाई सीमाभित्र ल्याउने समय १ वर्ष दिएको छ ।
राष्ट्रबैंकले मौद्रिक नीतिमा आधारित सर्कुलर आज जारी गर्दै मार्जिन प्रकृतिको शेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा एउटा इजाजतपत्र प्राप्त संस्थाबाट अधिकतम रु. ४ करोड र सबै इजाजतपत्र संस्थाबाट अधिकतम रु. १२ करोड कायम गरेको हो ।
यो निर्देशन जारी हुनु पूर्व (मिति २०७८।०५।०८) कुनै ऋणीलाई सीमाभन्दा बढी कर्जा प्रवाह भएको भए त्यस्तो कर्जालाई क्रमिक रुपले घटाउँदै लगी कर्जाको भुक्तानी अवधि वा आगामी एक वर्षमध्ये जुन पहिले हुन्छ, सो अवधिभित्र नियमित गरिसक्नु पर्ने समेत निर्देशनमा उल्लेख छ ।
यसअघि मौद्रिक नीति आएकै दिनदेखि बैंक तथा वित्तीय संस्थाहरुले कुनै व्यक्ति वा संस्थालाई रु. ४ करोडभन्दा बढी लोन दिन बन्द गरेका थिए । पास भइसकेका लोनका फाइलहरु समेत रोकिएका थिए ।
केन्द्रीय बैंकले भने भदौ ८ गते अर्थात आजसम्म पनि तोकिएको सीमाभन्दा बढी सेयर धितोकर्जा लिनेले १ वर्षभित्र सीमाभित्र ल्याउनुपर्ने राहात दिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago