– अर्जुन तिमिल्सिना
काठमाण्डौ । गत साता दसैँ पर्वका कारण बजार पूरै बन्द रहेको थियो। यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। जसमा बजार ३ दिन बढेको छ भने २ दिन घटेको छ।
अघिल्लो साता १८५३.७६ मा बन्द भएको बजार यो साता १८७०.६३ मा बन्द भएको छ। यो हिसाबले यो साता बजारमा १६.८४ अंकको बढोत्तरी भएको छ। यो साताभरि बजारमा जम्मा ३ अर्ब ३३ करोड ४८ लाख रुपैयाँबराबर कारोबार भएको छ। यो भनेको दैनिक औसत ६६ करोड ६९ लाख रुपैयाँमात्रै हो।
प्राविधिक पक्ष
मुभिङ एभरेजका आधारमा
मुभिङ एभरेज खासगरी टेवा र अवरोध पत्ता लगाउन प्रयोग गरिन्छ। यदि बजार बढ्दो छ भने मूल्यरेखाहरु मुभिङ एभरेजभन्दा माथि रहेका हुन्छन् भने घट्दो बजार छ भने मूल्यरेखाहरु मुभिङ एभरेजका रेखाहरुभन्दा तल रहेका हुन्छन्। मुभिङ एभरेजका रेखाहरुले बढ्दो बजारमा टेवा र घट्दो बजारमा अवरोध गरिरहेका हुन्छन्। यदि बजारले अवरोध ब्रेक गरेर मूल्यरेखाहरु माथि जान्छन् भने बजारको यात्रा बुलिस बन्दै गएको बुझिन्छ। (हेर्नुहोस् मुख्य तस्बिरमा हरियो एरो)
यसविपरीत यदि मूल्यरेखाहरु मुभिङ एभरेजभन्दा तल गएमा बजार बियारिस बनेको बुझिन्छ। (हेर्नेुहोस् मुख्य तस्बिरमा रातो एरो)
अहिलेको घट्दो बजारमा यी रेखाहरुले अवरोध गरेको देखिन्छ। (हेर्नुहोस् मुख्य तस्बिरमा कालो एरो)
आगामी दिनमा यदि मुभिङ एभरेजका रेखाहरुलाई काटेर मूल्य रेखाहरु माथि जान्छन् भने बजारले अप ट्रेन्डको यात्रा तय गर्दै गएको बुझ्न सकिन्छ।
बोलिंगर ब्यान्ड, म्याक्डी र आरएसआईका आधारमा
साप्ताहिक रुपमा यो साता बनेको बोलिंगर ब्यान्ड, म्याक्डी तथा आरएसआईलाई आधार मानेर हेर्दा बोलिंगर ब्यान्डको तल्लो विन्दुमा अघिल्लो साता ह्याम्मर आकृति बनेको छ। ( हेर्नुहोस् कालो एरो)
त्यसैगरी यो साता पनि सप्ताहिक क्यान्डलमा इन्भर्टेड ह्यम्मर बनेको छ। दैनिक चार्टमार्फत बोलिंगर ब्यान्डलाई हेर्ने हो भने मूल्यरेखाहरुले मध्य ब्यान्डमा प्रतिरोध सामना गरेको देखिन्छ।
दैनिक चार्टमै म्याक्डीमा हेर्ने हो भने अक्टोबर ९ मा बनेको बुलिसक्रस ओभर भ्यालिड नै रहेको छ। दैनिक चार्टमै आरएरआई हाल ४२ को तहमा रहेको छ। यो विन्दु अघिल्लोपटकको प्रतिरोध सामना गरेको ४६ को विन्दुभन्दा माथि जान सकेको छैन। यदि आगामी कारोबारमा यो विन्दुभन्दा माथि जान्छ भने बजारले बुलिस यात्रा तय गर्दै गरेको मान्न सकिनेछ। तर यसका लागि बोलिंगर ब्यान्डको मध्य ब्यान्डमा पनि ब्रेक गरेर बजार माथि जानुपर्ने हुन्छ।
पिभट विश्लेषणका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ। आगामी साता बजार बढेमा तथा घटेमा निम्न विन्दुहरुमा प्रतिरोध तथा टेवा लिने छ।
बढेमा प्रतिरोध
पिभट प्वइन्टः १८८५
घटेमा सपोर्ट
निष्कर्ष
यो साता पनि सेयर बजारमा भोलुम जम्माजम्मी ३ अर्ब ३३ करोड रुपैयाँबराबर भएको छ। भोलुमका आधारमा बजार निक्कै सुस्त देखिन्छ भने विभिन्न इन्डिकेटरले पनि बजार साइडवेज नै चलेको देखिन्छ। साप्ताहिक चार्टमार्फत बोलिंगर ब्यान्डलाई हेर्दा बजारले तल्लो विन्दुमा गत साता ह्याम्मर आकृति र यो साता इन्भर्टेड ह्याम्मर बनेको छ। यसले बजारको ट्रेन्ड रिभर्सलको संकेत गर्छ। यस हिसाबले बजारले आगामी साता कुनै पनि बेला माथिको यात्रा तय गरेमा भने कुनै आश्चर्य हुने छैन।
नोटः सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। लगानीकर्ताले आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago