– अर्जुन तिमिल्सिना
काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। जसमा ४ दिन बजार घट्यो १ दिन बढेको छ।
अघिल्लो साता १९०८.५६ मा बन्द भएको बजार यो साता १८६६.७९ मा बन्द भएको छ। यस हिसाबले यो साता बजारमा ४१.७७ अंकले गिरावट आएको छ। अघिल्लो साता बजारमा ७.१५ अंकको गिरावट आएको थियो।
यो साता दोस्रो बजारमा ५ दिनको कारोबारमा जम्मा ४ अर्ब ६७ करोडको कारोबार भएको छ। अघिल्लो साता यस्तो कारोबार ५ दिनमा ५ अर्ब ६७ करोड कारोबार भएको थियो। यस हिसाबले अघिल्लो साताको तुलानामा कारोबार र सूचक दुवैमा गिरावट आएको छ।
यो साता दैनिक एभरेज भोलुम ९३ करोड रुपैयाँमात्रै भएको छ।
प्राविधिक पक्ष
इचिमोकुका आधारामा
इचिमोकु क्लाउड इन्डिकेटर सन् १९६८ मा एक जापानिज नागरिकले प्रतिपादन गरेका थिए। प्रतिपादनसँगै यो इन्डिकेटर त्यहाँस्थित एउटा टोकियो न्युज पेपरमा प्रकाशित भएको थियो। योसँगै इचिमोकु इन्डिकेटर संसारभर प्रयोगमा आएको हो। अन्य इन्डिकेटरजस्तै यसमा पनि विभिन्न रेखाहरु र क्यान्डल स्टिकको गतिलाई चार्टमा राखेर विश्लेषण गरिन्छ।
यो साताको बजारलाई इचिमोकुमार्फत हेर्दा अघिल्लो महिनादेखि नै बजारमा बिक्री दबाब परेको देखिन्छ। मूल्यरेखाहरु क्लाउड पोजिसनबाट तल झरेका छन्। कन्भर्जन लाइनले बेस लाइनलाई माथिबाट काटेको छ। योसँगै क्लाउडको पोजिसन पनि हरियोबाट रातो बनेको छ। यसले बजारमा बियरिस मुभमेन्टम बनेको देखिन्छ। २६ दिन पछाडि चल्ने ल्यागिङ स्पान पोजिसन पनि क्लाउड पोजिसनबाट तल झरेको छ।
सुपर ट्रेन्डका आधारमा
सुपर ट्रेन्डका आधारमा बजार बियरिस यात्रामा नै रहेको देखिन्छ। मूल्यरेखाले सुपर ट्रेन्डलाई गएको गत फेब्रुअरीमा माथिबाट काटेर बियरिस क्रसओभर बनेको छ। योसँगै सुपर ट्रेन्डको रङ पनि हरियोबाट रातो भएको छ। हालसम्म यो ट्रेन्ड लाइनका आधारमा पनि बजार बियरिस यात्रामा नै रहेको देखिन्छ।
पिभट प्वइन्टका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
पिभट प्वइन्टः १९०३
घटेमा सपोर्ट
निष्कर्ष
सेयर बजारमा लगातार ४ सातादेखि गिरावट आइरहेको छ। यो साता पनि बजारमा गिरावटले निरन्तरता पायो। साप्ताहिक रुपमा यो साता बियरिस मारुबुजु क्यान्डल बनेको छ। कारोबार तथा भोलुमको हिसाबले यो साता निकै कम भोलुम आयो। अघिल्लो साताको तुलनामा यो साता कारोबार र सूचक दुवैमा गिरावट आएको छ।
प्राविधिक रुपमा बजारलाई हेर्दा हालको बजारले १८५० मा बलियो सपोर्ट देखिन्छ। यदि त्यहाँबाट पनि तल झर्छ भने अबको बलियो सपोर्ट भनेको १८०० आसपास हुने देखिन्छ। बजारमा अहिलेको मुभमेन्टमलाई हेर्दा आगामी साता पनि केही कारोबारमा करेक्सन आएपछि बजारमा आगामी साता भने सुधारको आशा गर्न सकिन्छ। बजारको आगामी साताको पिभट प्वइन्ट १९०३ भन्दा माथि रहेको छ। यदि बजार पिभट प्वइन्टभन्दा माथि चलेमा बजारको अप ट्रेन्ड चलेको बुझिन्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19