काठमाण्डौ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार ११.२२ अंकले बढेको छ ।

अघिल्लो कारोबार दिनमा भने बजार २१.३० अंकले बढेको थियो । यो दिन ११.२२ले अंकले बढेको बजार यो दिन १ हजार ८५८.७६ को विन्दुमा बन्द भएको छ ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.४६ अंकले बढेर ३५८.१९ को विन्दुमा पुगेको छ। आज नेप्सेमा सूचीकृतमध्ये २८५ कम्पनीका ४३ लाख ३१ हजार २२९ कित्ता सेयर ९९ करोड ६५ लाख ८६ हजार २९१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

बजार जानकार अर्जुन थापा लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेको बताउँछन् । उनी भन्छन्, ‘तर पनि लगानीकर्ता अहिल्यै नै ऋण लिएर उत्साहित छैनन् । तरलता उच्च नै रहेको छ । सम्भबत : मंसिर पुष महिनामा ब्याजदर घट्यो भने बजार २ हजार ५०० सम्म पुग्न सक्छ ।किनकि सबै विषयहरु सकारात्मक नै छन् ।रेमिट्यान्स पनि बढेको छ । यी सबै कुराहरुले गर्दा बजार अब माथि नै जाने हो ।’

अर्का बजार जानकार उपेन्द्र पाठक भन्छन्, ‘हामीले बजारमा सप्लाई बढी भयो भनेका थियौं, नेपाल धितोपत्र बोर्डले म्युचुअल फण्डलाई आईपीको सेयर ६ महिनासम्ममा बिक्री गर्न रोक लगाएको छ ।यसले गर्दा पनि सप्लाई घट्ने देखिन्छ ।यो सकारात्मक विषय हो । अव जोखिम भार पनि घट्यो भने बजारमा राम्रै उछाल आउन सक्छ ।

आज नेप्से उपसमूहमा रहेका १३ ओटा उपसमूह मध्ये निर्जीवन बीमा समूहबाहेक सबै समूहमा हरियाली छाएको छ ।  यो दिन निर्जीवन बीमा समूह ०.१८ प्रतिशतले घटेको  छ। यसैगरी यो दिन सवैभन्दा बढी लगानी समूह १.५१ प्रतिशतले बढेको छ  । यसैगरी, अन्य समूह १.३२ प्रतिशतले बढेको छ ।यसैगरी वीत्त समूह र जीवन बीमा समूह क्रमश १.२३ र१.१७ प्रतिशतले बढेको  छ। 
धेरै कारोबार गर्ने कम्पनीहरु 
यो दिन हिमालयन बैंकका संस्थापक सेयरधनीले सर्वाधिक कमाएका छन् । कम्पनीको सर्वाधिक ९१ करोड  ६४ लाखभन्दा बढीको सेयर कारोबार भएको छ । यसैगरी दोस्रोमा माछापुछ्रे बैंकको ६३करोडभन्दा बढीको कारोबार भएको छ । यसैगरी सोनापुर मिनरल्स एण्ड आयल कम्पनीको ५९ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।
धेरै कमाउने र धेरै गुमाउने
यो दिन लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ८.१६ प्रतिशतले उकालो लागेको छ । यो कम्पनीका सेयरधनीले सवैभन्दा बढी कमाएका छन् । यसैगरी, सोनापुर मिनरल्स एण्ड आयल कम्पनीको सेयरभाउ ५.२८ प्रतिशतले उकालो लागेको छ ।