काठमाण्डौ ।साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ४७.७५ अंकले बढेको छ ।
यो दिन बजार बढेर १ हजार ९०७.९५ को विन्दुमा बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.८३ अंकले बढेर ३६४.८१ को विन्दुमा पुगेको छ।
आज नेप्सेमा सूचीकृतमध्ये २९४ कम्पनीका ६५ लाख ३० हजार ६४३ कित्ता सेयर २ अर्ब १ करोड १७ लाख ६३ हजार ३५८ रुपैयाँ बराबरको कारोबार भएको छ ।यो कारोबार गत असोज ९ गतेयताकै उच्च कारोबार हो ।
आजको बजारको विषयमा बजार जानकार महेश रिजालका अनुसार बजार एक महिनादेखि तल्लो विन्दुमा थियो, जसले गर्दा चाडपर्व सकिएपछि लयमा फर्किएको छ ।
उनी भन्छन्,‘ आन्दोलनको प्रभाव पनि बजारमा खासै देखिएन, आज बजार बढ्नुमा अबको केहि दिनमा राम्रो समाचार आउँदैछ भन्ने प्रमुख कारण हो,यहि कुरा थाहा पाएर स्मार्ट इन्भेष्टरहरुले खरिद बढाएका हुन् । मौद्रिक नीतिको समीक्षामा केहि न केहि लचकता पनि हुन सक्छ ।’
अर्का बजार जानकार निमानन्द कडेंलको विचारमा बजार न्यून विन्दुमा आएको कारण बढेको हो ।
उनी भन्छन्,‘ आन्दोलन मत्थर हुँदै जानु, बैंकको ब्याज घट्दै जानु र मौद्रिक नीति सार्वजनिक हुने दिन पनि नजिकिंदै गएकाले लगानीकर्ताहरु आशाबादी रहेका कारण बजार बढेको हो ।’
उनको विचारमा सेयर बजार तथा घरजग्गा कारोबारलाई चलायमान बनाएर मात्र अर्थतन्त्र गतिमा ल्याउन सहयोग पुग्छ ।
आज नेप्से उपसमूहमा रहेका १३ ओटै समूहमा हरियाली छाएको छ । यो दिन सबैभन्दा बढी जीबन बीमा समूह ४.४४ प्रतिशतले बढेको छ । यसैगरी दोस्रोमा वित्त समूह ३.९१ प्रतिशतले बढेको छ ।
यसैगरी, यो दिन सबैभन्दा बढी निर्जीवन बीमा समूह ३.६७ प्रतिशतले बढेको छ । यसका साथै व्यापार समूह ३.५८ र हाइड्रोपावर ३.०६ प्रतिशतले बढेको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन सोनापुर मिनरल्स एण्ड आयलकोे सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको सर्वाधिक ११ करोड ६६ लाखभन्दा बढीको सेयर कारोबार भएको छ ।
यसैगरी, दोस्रोमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ५६ लाखभन्दा बढीको सेयर कारोबार भएको छ । नबील बैंकको ७३ करोड ७१ लाख बराबरको सेयर कारोबार भएको छ ।
धेरै कमाउने र धेरै गुमाउने
यो दिन छ्यांदी हाइड्रोपावर,भगवती हाइड्रोपावर र विजय लघुवित्त वित्तीय संस्था, स्वरोजगार लघुवित्त र रावा हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक तहमा सर्किट लागेको छ ।
यसैगरी, यो दिन इन्फिनीटी लघुवित्त वित्तीय संस्थाको सेयरभाउ २.४७ प्रतिशतले घटेको छ । त्यस्तै एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड-२ को सेयर भाउ पनि २.४७ प्रतिशतले घटेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19