काठमाण्डौ ।साताको चौथो कारोबार दिन बुधबार सेयरबजार ३.३३ अंकले बढेर १ हजार ८४१.०४ को विन्दुमा बन्द भएको छ ।

यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.३६ अंकले घटेर ३५०.७० को विन्दुमा पुगेको छ। आज नेप्सेमा सूचीकृतमध्ये २९३ कम्पनीका ३७ लाख ५५ हजार १२४ कित्ता सेयर १ अर्ब १४ करोड १८ लाख १२ हजार ३८२ रुपैयाँ बराबरको कारोबार भएको छ ।  
आजको बजारको विषयमा साइन रेसुंगा डेभलेपमेन्ट बैंकका सञ्चालक विरेन्द्र विष्ट भन्छन्, ‘लगानीकर्ताको सरकार र नेपाल राष्ट्र बैंकप्रति विश्वास नहुँदा बजार बढ्न नसकेको हो । राष्ट्र बैंकले निरन्तर पेलिरह्यो तर सरकारले लगानीकर्तार्ला साथ र सहयोग गरेन ।यहि कारणले बजार माथि जान नसकेको हो । यद्यपि बजार आगामी दिनमा धेरै ठूलो अंकले तलमाथि भने हुँदैन ।’

यसैगरी,नेपाल सेयरधनी संघका महासचिव कमलराज अधिकारी भन्छन्, ‘हामी व्यवसायमैत्री मौद्रिक नीतिको प्रतीक्षामा रहेका छौं, राष्ट्र बैंकले  जोखिम भार घटाउने र संस्थागत लगानीकर्ताको क्याप हटाउने अपेक्षा हामीले गरेका छौं ।र आउँदै गरेको समीक्षा व्यवसायी मैत्री नै आउने छ भन्ने विश्वास छ, यदि त्यसो पनि भएन भने हाम्रो संस्थाले सडक आन्दोलन गर्ने निर्णय पनि गरिसकेको छ ।’

आज नेप्से उपसमूहमा रहेका १३ ओटै समूह मध्ये म्यानुफ्याक्चर एन्ड प्रोसेसिङ, होटल्स तथा टुरिजम,वीत्त, हाइड्रोपावर र बैंकिङ समूह राताम्मे भएका छन् भने अन्य समूहमा हरियाली छाएको छ ।

यो दिन सबैभन्दा बढी जीवन बीमा समूह १.२१ प्रतिशतले बढेको छ । यसैगरी, यो दिन निर्जीवन बीमा कम्पनी ०.७९ प्रतिशतले बढेको छ । लघुवित्त समूह भने ०.५१ प्रतिशटले बढेको  छ।  यो दिन सबैभन्दा बढी उत्पादन तथा प्रोसेसिङ समूह ०.७० प्रतिशतले घटेको छ  ।

यसैगरी, यो दिन होटल तथा टुरिजम  समूह ०.३९ प्रतिशतले घटेको छ । यसैगरी वीत्त समूह ०.२१ प्रतिशतले घटेको छ ।त्यस्तै वित्त समूह ०.८० प्रतिशतले घटेको छ ।
धेरै कारोबार गर्ने कम्पनीहरु 
यो दिन सबैभन्दा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढीको सेयर कारोबार भएको छ । कम्पनीको ७ करोड ३४ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै दोस्रोमा सननेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ७ करोड ३० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 
 यसैगरी माउन्टेन इनर्जि पावरको ६ करोड १९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । 
धेरै कमाउने र धेरै गुमाउने
त्यस्तै, यो दिन ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । 

त्यस्तै विजय लघुवित्त वित्तीय संस्थाकोे सेयरमूल्य ८.०७ प्रतिशतले बढेको छ ।

यस्तै मन्दाकिनी हाइड्रोपावरको सेयरमूल्य ७.८७ प्रतिशतले बढेको छ । त्यसैगरी यो दिन सिंगटी हाइड्रोपावरको सेयरमूल्य ९.१३ प्रतिशतले ओरालो लागेको छ ।यसैगरी, सनराइज ब्लूचिप फण्डको इकाई ५.७३ प्रतिशतले ओरालो लागेको छ ।