काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत बैंकको वित्तीय सहयोगमा उग्रचण्डी भगवती मन्दिर नाला, काभ्रेपलाञ्चोकमा जडान गरिएको सोलारवत्तीहरु त्था सीसीटिभी क्यामराहरु उग्रचण्डी नाला समाजलाई हस्तान्तरण गरिएको छ । 

पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, सूचना तथा संचार मन्त्री गोकुल बासकोटा, एमाले सांसद शिला श्रेष्ठ र राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको प्रमुख आतिथ्यतामा एनआइसी एशिया बंैकका का.मु. प्रमुखकार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले उग्रचण्डी नाला समाजलाई उक्त सोलार वत्ती तथा सीसीटिभी क्यामराहरु हस्तान्तरण गरेका हुन् । 

यस्ता सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रमहरुले यस क्षेत्रको सुरक्षा तथा सर्वसाधारणको दैनिक क्रियाकलापमा सहयोग पुर्याउने हुनाले सो कार्यको नेपाल राष्ट्र बैंकका डेपुटीगर्भनर शिवराज श्रेष्ठले प्रशंसा गरे  ।

यो बैंकको मुलुकभर २२५ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई रहेका छन् । यो बैंक मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको वाणिज्य बैंक हो ।