काठमाण्डौ । सेवा विकास बैंकले आफ्ना सेयरधनीलाई २० प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । 

असोज १६ गते बसेको बैंकको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट आफ्ना सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो । 

यो निर्णय नियामक नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । 

सेवा विकास बैंक लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमासमा १० करोड ७६ लाख रुपैयाँ खुद मुनाफा गरेको थियो । 

४२ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकको जगेडा कोष रकम २२ करोड रुपैयाँ पुगेको छ ।घोषित बोनस सेयर वितरणपछि बैंकको कुल चुक्तापूँजी ५० करोडको हाराहारीमा पुग्नेछ ।