काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले जेठ २४ गते प्रदेश नम्बर १ अन्र्तगतका झापा र मोरङ्गका विभिन्न ४ स्थानमा स्थापित शाखा कार्यालयको उद्घाटन गरेको छ । 

विकास बैंकले झापाको विर्तामोड, बुधबारे र बनियानी तथा मोरङ्गको विराटचोक शाखाको उद्घाटन गरेको हो । 

विर्तामोड शाखाको उद्घाटन विर्तामोड नगरपालिकाका मेयर ध्रुव शिवाकोटी, बुधबारे शाखाको बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेल, बनियानी

शाखाको कचनकवल गाउँपालिकाका अध्यक्ष अञ्जार आलम र विराटचोक शाखाको सुन्दरहरैचानगरपालिकाका मेयर शिव ढकालले उद्घाटन गरेका हुन् ।

वकास बैंकले प्रदेश नं. १ अन्र्तगतका ८ वटा शाखाकार्यालय उद्घाटनको पूर्वसन्ध्यामा जेठ २३ गते आर्कषक व्याजदर तथा विभिन्न सुविधासहित गरिमा दम्पति बचत खाता र गरिमा कर्मचारी बचत खाता समेत सञ्चालनमा ल्याएको छ ।