काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आईपीओले कति पाउला त आपनिङ रेञ्ज भन्ने बारेमा यतिखेर लगानीकर्तालाई चासो भइरहेको छ ।

नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारको लागि १४२.०१ रुपैयाँदेखि ४२६.०३ रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज दिने सम्भावना छ ।  पहिलो कारोबार यही रेञ्ज भित्र हुने छ  । यसपछि कम्पनीको कारोबार नियमित सेसनमा जाने छ  ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने भएकाले उक्त मूल्य रेञ्ज पाउने सम्भावना रहेको हो । 

कम्पनीले हालै मात्र प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको थियो र आईपीओ बाँडफाटसमेत भइसकेको छ ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रति कित्ता २३७ रुपैयाँ ५८ पैसामा आईपीओ निष्कासन गरेको थियो ।

कम्पनीको आईपीओ बाँडफाँट पश्चात् नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा शेयर सूचीकरण हुने प्रक्रियामा रहेको छ । 

कम्पनीको शेयर रजिष्ट्रारमा एनआईएमबि एस क्यापिटल रहेको  छ।