 
                     
                                
                             
                                    काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार सोनापुर मिनरल्स् एण्ड सिमेन्टको आईपीओ सूचीकृत भएको छ ।
कम्पनीको ३ करोड ७ लाख ५० हजार ५०० किता सेयर सूचीकृत भएको हो । कम्पनीको स्टक संकेत SONA रहेको छ ।सूचीकृत भएसँगै लगानीकर्ताले सेयर खरिदबिक्री गर्न सक्ने छन् ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा आईपीओ निष्कासन गरेको थियो ।कम्पनीको सेयर रजिष्ट्रारमा एनआईएमबि एस क्यापिटल रहेको छ।
नेप्सेले कम्पनीको पहिलो सेयर कारोबारको लागि १४२.०१ रुपैयाँदेखि ४२६.०३ रुपैयाँसम्मको ओपनिङ रेञ्ज दिएको छ।
दसैंमा सरकारले सार्वजनिक विदा दिएकाले अब नेप्से कात्तिक १२ गते आइतबारदेखि खुल्नेछ ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19